कलैया । बारा प्रहरीले लागू औषध खैरो ब्राउन सुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा बुधबार बाराको फेटा गाँउपालिका वडा नं.३ चौतारा स्थितमा घोडासाहनबाट फेटा तर्फ आउँदै गरेको ना ३ त ४७१४ नम्बरको ट्याक्टरलाई रोकी चेकजाँच गर्ने क्रममा उक्त लागू औषधसहित दुबै जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेमा ट्याक्टर चालक देश भारत शिवनगर इनर्वा पञ्चायत पुर्वी चम्पारण वडा नम्बर २ बस्ने अन्दाजी ३० वर्षीय टुटु कुमार र ३२ वर्षीय टुटु अंसारी रहेको प्रहरीले जनाएको छ ।
तेलको ट्याङ्की भित्र पलाष्टिकमा बेरी लुकाई छिपाई लगी रहेको लागू औषध खैरो ब्राउन सुगर जस्तो देखिने पदार्थ वरामद गरेको छ ।
उनिहरुको साथबाट लागू औषध खैरो र सेते ब्राउन सुगर जस्तो देखिने पदार्थ १५८ ग्राम ९१० मिलि ग्राम प्रहरीले बरामद गरेको हो ।
उक्त ट्याक्टर सहित दुबै जना भारतीय नागरिकलाई समेत नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

