मृत अवस्थामा क्षेत्री फेला

साझेदारी दैनिक
389 पाठक संख्या

पर्साको पटेर्वा सुगौली गाउँपालिकामा शनिबार एक जना मृत अवस्थामा फेला परेका छन ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित मनिहर्वा टोलमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ मिथिला नगरका पुरुषोत्तम क्षेत्री मृत अवस्थामा फेला परेका हुन् ।

क्षेत्री खाली गाई फर्ममा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वडा नं. ५ का वडाध्यक्ष विपिन मुखिया बिनका अनुसार उनलाई झुण्डिएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

घटनाको जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय कार्यालय पटेर्वासुगौलीले शब नियन्त्रणमा लिएको थियो ।

पोष्टमार्टमको लागि प्रहरीले क्षेत्रीको शवलाई वीरगञ्जको नारायणी अस्पतालमा पठाएको छ ।

Leave a review