सुनचाँदीको मूल्य बढ्यो

रासस
144 पाठक संख्या

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला रु ५०० र चाँदी रु ३५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ९०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार १४५ निर्धारण भएको छ ।

सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ४७ हजार ४०० र त्यति नै परिमाणको चाँदी रु तीन हजार ११० मा कारोबार भएको थियो ।

Leave a review