जिल्लामा भूमिहिन तथा सुकुम्वासीहरुको समस्या समाधान गर्न कुनै कसर बाँकी नराख्ने : अध्यक्ष चौलागाई

साझेदारी दैनिक
960 पाठक संख्या

सन्तोष पाण्डे

भुमि सम्वन्धि समस्या समाधान आयोग बाराका अध्यक्ष अम्विका चौलागाईले वास्तविक सुकुम्बासीको पहिचान गरेर भूमिहिन सुकुम्वासीहरुको समस्या समाधान कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १७ रामनगरमा शुक्रवार भुमिहिन जनताहरुसंग अन्तरक्रिया कार्यक्रममा वोल्दै अध्यक्ष चौलागाईले यस्तो बताउनुभएको हो ।
उहाँले जिल्लाको अव्यस्थित तथा भुमि समस्याका समाधान गर्न आफु प्रतिबद्ध रहेको जनाउदै भूमिहिन जनताको सर्वपरी हितलाई केन्द्रविन्दुमा राखेर काम गर्ने बताउनु भयो ।
जिल्लाका सवै स्थानीय तहहरुसंग समन्वय गरेर लगत संकलन गर्ने काम अगाडी बढाईएको अध्यक्ष चौलागाईले जानकारी गराएका छन । जग्गाधनी पुर्जा बनाईदिन्छु, या काम गराईदिन्छु भन्ने विचौलीयाहरुले सोझा साझा जनताहरुसंग रकम उठाउने गिरोह पनि सकृय हुन सक्ने भन्दै यस्ता व्याक्तिहरुदेखी सचेत रहन र रकम नदिन आयोगका अध्यक्ष चौलागाईले आग्रह गर्नुभयो ।
आयोगको स्पष्ट नीति, कानून तथा मापदण्डको व्यवस्था गरेकोले आफुले पदीय दुरूपयोग गर्ने अवस्था नआउने विश्वास व्यक्त गरेका छन । उहाले गर्दै स्थानीय तहहरुको समन्वय र सहकार्यमा काम हुने भएकोले स्थानीय सरकारहरुलाई पनि अग्रसरता देखाउन अनुरोध गरेका छन ।
स्थानीय भुमिहिन किसान तथा समाजसेवी महेन्द्र प्रकास विमलीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रमको संचालन समाजसेवी श्रीकाजी मोक्तानले गर्नुभएको थियो । कार्यक्रममा स्थानीय भूमिहीन जनताहरुले अध्यक्ष चौलागाईसंग विभिन्न गुनासो तथा जिज्ञासाहरु राखेका थिए । सो अवसरमा स्थानीय समाजसेवी कान्छामान वाईबाले रामनगरवासीको तर्फबाट सुकुम्बासि तथा ब्यबस्थीत वसोवासका वारेमा आयोगका अध्यक्षलाई जानकारी गराएका थिए ।

 

Leave a review

This will close in 0 seconds