कोल्हवी, २१ पुस
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ नयाँवस्तीमा बुधवार साँझ एक दिवसीय ध्यान शिविरमा आध्यात्मिक कार्यक्रम सम्पन्न भएको छ ।
नयाँवस्ती स्थित श्रीकृष्ण प्रणामी मन्दिरमा अयोजित उक्त ध्यान शिविरमा आध्यात्मिक कार्यक्रम जागरण अभियानको आयोजना तथा श्रीकृष्ण प्रणामी यूवा परिषदको समन्वयमा भएको हो ।
शिविरमा स्वामी आनन्द विनोद महाराजले आध्यात्मिक योग प्रशिक्षण गराउनु भएको थियो। श्रीकृष्ण प्रणामी मन्दिर सेवा समिति कोल्हवी ८ नयावस्तीका अध्यक्ष होमनाथ उप्रेतीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा श्रीकृष्ण प्रणामी यूवा परिषद नेपालका केन्द्रीय सदस्य, वैदेशिक रोजगार बिभाग प्रमुख तथा बारा, पर्सा इन्चार्ज दिपक प्रसाद सापकोटा, यूवा परिषद नेपाल प्रदेश नं. २ उपाध्यक्षद्धय उर्जुन प्रसाद उप्रेती अर्जुन प्रसाद सापकोटा, यूवा परिषद नेपाल जिल्ला कमिटी बाराका अध्यक्ष सुमन सुवेदी, सचिब उमेश सापकोटा, सोनु उप्रेती लगायतको विशेष उपस्थिती रहेको थियो ।
यसैगरी बुधवार नै बाराको कलैया उपमहानगरपाकिला स्थित श्रीकृष्ण प्रणामी मन्दिर औराहा र जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १५ स्थित मेहेरसागर आश्रम सुक्लैयामा पनि ध्यान शिविरमा आध्यात्मिक कार्यक्रम गरिएको यूवा परिषदका प्रदेश उपाध्यक्ष अर्जुन उप्रेतीले जानकारी दिएका छन ।
यसैगरी उक्त कार्यक्रमहरु रौतहटको नजरपुर, लहानको भगवानपुर र बिराटनगरमा समेत गरिने उप्रेतीले जनाए ।