करैयामाईको एघारौ गाँउसभा सम्पन्न, आ.ब २०७९/८०मा ४९ करोड ९७ लाख ५० हजार बजेट प्रस्तुत

साझेदारी दैनिक
918 पाठक संख्या

सिकेन्द्र पासवान/
बाराको करैयामाई गाँउपालिकामा ११ औ गाँउसभा सम्पन्न भएको छ ।

गाउपालिकाकाको आर्थिक बर्ष २०७९/८० का लागि रु ४९ करोड ९७लाख ५० हजार ७ सयको निती तथा कार्यक्रम गाँउपालिकाका अध्यक्ष शम्भुप्रसाद यादवले प्रस्तुत गरेकाथिए । विहीवार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रमलाई सम्बोधन अध्यक्ष यादवले गर्दै शिक्षा, स्वास्थ्य, कृषि, सिचाई, सुलभ खानेपानी, बिजुली जडान,भौतिकपुर्वाधर निर्माण लगायतका कामलाई प्राथमिकतामा राखिएको बताए ।

एक घर एक बिरुवा प्रदान, छात्राहरुका लागि सेनेटरी प्याडको निशुल्क बितरण, ठुला रोग लागेका ब्यतिmहरुलाई उपचारमा सहयोग गर्ने जस्ता महत्वपुणर् कामहरु निती तथा कार्यक्रममा समेटिएको छ । यस्तै पालिकामा ल्याव संचालन गरि निशुल्क परिक्षण गर्ने, स्यवम सेविकाहरुलाई थप सेवा सुबिधा प्रदान गर्ने, वृद्धभता लिन बैक सम्म जान नसक्नेहरुलाई बैकमा ल्याउने र घर सम्मपुगाई दिने पालिकाबाट तर्फबाट हुने निती तथा कार्यक्रममा समेटिएको गाँउपालिकाकी उपाअध्यक्ष सुनैना चौधरीले बताई ।

समाजमा पिछिएका समुदायका ब्यतिmहरुलाई निशुल्क स्वास्थ्य बिमा गर्ने कृषकहरुको हकमा कृषि मिटर निशुल्क प्रदान गर्र्ने, डोम समुदाय अवास, कृषकहरुलाई मलखाद, बिउबिजनमा सहुलियतजस्ता महत्वपुणर् कामहरु पनि निती तथा कार्यक्रममा समावेश गरिएको छ।

अधिकृत बिरेन्द्र कुसवाहाले संचालन गरेको सो गाँउ सभामा गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत उदय चौधरीले स्वागत गरेका थिए ।

Leave a review

This will close in 0 seconds