Sajhedari Daily
Latest News from Nepal

१ सय २५ किलो गाँजा सहित तीन पक्राउ

Top Aside Banner

रञ्जन यादब /
शुक्रवार अन्तर्राष्ट्रिय लागु औषध नियन्त्रण दिवसको दिन परेको छ । अन्तर्राष्ट्रिय लागु औषध नियन्त्रण दिवसकै दिन बारामा भने ठुलो मात्रमा लागुऔषध गाँजा सहित तीन जना पक्राउ परेका छन ।

प्रहरीले १ सय २५ किलो गाँजा सहित तीन जनालाई शुक्रवार पक्राउ गरेको हो । प्रहरीले कलैया उपमहानगरपालिका वडा नं.१७ ब्रह्मपुरी टोल बस्ने ट्रक चालक वर्ष २५ को सुवोध प्रसाद यादव, करैयामाई गाउँपालिका वडा नं.४ लौतन टोल बस्ने वर्ष ६२ समसुलहक देवान र चितवन राप्ती नगरपालिका वडा नं.७ बस्ने वर्ष ४५ को लक्ष्मी बहादुर राई रहेका छन् ।

अवैध लागू औषध गाँजा ओसार पसार भइरहेको भन्ने विशेष सूचनाको अधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक गौतम मिश्रले जानकारी दिएका छन । उनीहरुलाई प्रहरी चौकी गंजभवानीपुर खटिएको प्रहरी टोलीले करैयामाई गाउँपालिका वडा नं.३ स्थित बुलेट इँट्टा उद्योगमा पुगेर पक्राउ गरेको थियो । प्रहरीले लागुऔषध कारोबारीहरुले ट्रकमा लुकाएर राखेको ९ वटा पोकामा राखिएको १ सय २५ किलो गाँजा समेत फेला परेको छ ।

अवैध लागु औषध गाँजाका पोकाहरू ट्रकबाट झारी लुकाई छिपाई राख्ने उदेश्यले इँट्टा पोल्ने स्थान भित्र लगिरहेको अवस्थामा कारोबारीहरुलाई पक्राउँ गरिएको प्रहरी नायब उपरिक्षक मिश्रले बताए ।

लागु औषध कारोबारीहरुले गाँजा औसारपोसारमा प्रयोग गरेका ना ७ ख ४२५२ नंम्बरको ट्रक र प्र.न.२ ०३ ००१ प ९४१ नम्बरको मोटरसाइकल समेत नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका तीनै जना,नियन्त्रणमा लिईएको ट्रक तथा मोटरसाईकललाई नियन्त्रणमा राखि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।