बारा । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ९ बलुवा टोल निवासी हनुमान राउत अहिर प्रहरी निरीक्षकमा बढुवा भएका छन्।
लामो समयदेखि नेपाल प्रहरीको अपराध अनुसन्धान तथा विभिन्न जिम्मेवारीमा रहेर सेवा गर्दै आएका हनुमान प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षकमा बढुवा भएका हुन्। उनको बढुवासँगै जन्मथलो बलुवामा स्थानीयवासीले खुसीयाली समेत मनाएका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको पत्रादेश तथा गृह मन्त्रालयका सचिव स्तरीय निर्णय अनुसार अहिरको पदोन्नति गरिएको हो। २०८३ कात्तिक १२ गते भएको निर्णय बमोजिम उनलाई २०८३ मंसिर ७ गतेदेखि लागू हुने गरी प्रहरी निरीक्षक पदमा बढुवा गरिएको हो।
नेपाल प्रहरी प्रदेश कार्यालय, वीरगञ्ज, पर्सामा आयोजित विशेष समारोहमा कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक कृष्णबहादुर पल्ली मगरले अहिरलाई आइतबार दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम १२९ को उपनियम (२) र (२क) को देहाय (ख) बमोजिम भएको बढुवापछि उनलाई औपचारिक रूपमा दर्ज्यानी चिन्ह प्रदान गरिएको हो।
२०६३ साल चैत २५ गते प्रहरी जवान पदबाट अहिरले नेपाल प्रहरीको सेवा यात्रा सुरु गरेका थिए। करियरको अधिकांश समय अपराध अनुसन्धानसँग उनी सम्बन्धित रहेका थिए। सेवा प्रवेशदेखि नै अनुसन्धानको क्षेत्रमा रुचि र दक्षता उनले देखाएका थिए।
अहिरले विभिन्न समयमा मुद्दा शाखा तथा अपराध शाखामा रहेर काम गरेका छन्। अपराध अनुसन्धान, मुद्दाको अध्ययन तथा अनुसन्धान प्रक्रियासँग सम्बन्धित जिम्मेवारीमा लामो अनुभव हासिल गरेका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उनले काम गरेका थिए।
प्रहरी सेवामा अनुभवसँगै शैक्षिक योग्यतालाई पनि उनले प्राथमिकता दिएका थिए। कानुन विषयमा स्नातक तहको अध्ययन पूरा गरेको अहिरले कानुनी ज्ञान र अनुसन्धानको व्यावहारिक अनुभवलाई उनले सँगसँगै अगाडि बढाएका थिए।
घटनाको तथ्य पहिचान, प्रमाण संकलन, कानुनी प्रक्रिया र निष्पक्ष अनुसन्धान जस्ता विषयमा अहिरले अनुभव प्राप्त गरेका छन्। प्रहरी सेवाका क्रममा मुद्दा तथा अपराध शाखा र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेर उनले हासिल गरेको अनुभव नयाँ जिम्मेवारीमा समेत उपयोगी हुने अपेक्षा गरिएको छ।
प्रहरी निरीक्षकसम्म पुग्नु उनको लामो सेवायात्राको महत्वपूर्ण उपलब्धि हो। सेवा अवधिमा अनुसन्धानको क्षेत्रमा काम गर्दै हासिल गरेको अनुभव र कानुनी शैक्षिक पृष्ठभूमिले उहाँको व्यावसायिक पहिचानलाई थप बलियो बनाएको छ।
महागढीमाई नगरपालिका–९ बलुवा निवासी अहिर प्रहरी निरीक्षकमा बढुवा भएपछि उनको गाउँ तथा स्थानीय समुदायमा खुसीयाली छाएको छ। उच्च पदमा बढुवा पाउनु स्थानीयवासीका लागि गौरवको विषय बनेको छ।
स्थानीय स्तरमा उहाँलाई असल राष्ट्रसेवक, जिम्मेवार प्रहरी अधिकारी तथा अनुसन्धानको क्षेत्रमा अनुभव हासिल गरेका व्यक्तिका रूपमा उनी रहेका छन्। अहिरबाट आगामी दिनमा अझ प्रभावकारी, निष्पक्ष र जिम्मेवार प्रहरी सेवा प्रवाह हुने अपेक्षा गरिएको छ। बलुवाका लागि समेत खुसी र गौरवको विषय बनेको छ।



