विरासत जोगाउन मतदाताहरुवीच खानेपानी मन्त्री चौधरी

साझेदारी दैनिक
447 पाठक संख्या

बारा निर्वाचन क्षेत्र न १ प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार एवम् खानेपानी मन्त्री उमाकान्त चौधरीको लोकप्रियता बढ्दै छ ।

उनी निरन्तर आफ्नो क्षेत्रमा घरदैलो र मतदाता भेटघाट गर्न व्यस्त छन । घरदैलो कार्यक्रममा स्थानीय मतदाताहरुले मन्त्री चौधरीलाई भव्य स्वागत समेत गर्ने गरेका छन ।

नेपाली कांग्रेसका सहमहामन्त्री समेत रहेका चौधरी सहित प्रदेश सभा सदस्यतर्फ निर्वाचन क्षेत्र नम्बर १(क) का उम्मेदवार रमेश दंगाल , प्रदेश सभा सदस्य समानुपातिक उम्मेदवार रबिन्द्र पनुहर, सुमिन्त्रा देवि चौधरीले सयुत्त रुममा घरदैलो कार्यक्रममा सहभागि भईरहेका छन ।

घरदैलो कार्यक्रम अन्तरगत कोल्हवी नगरपालिका वाड नम्बर ७ को धोधर्पा कट्टी, धोधर्पा, बसावन टोल, ,वाड नम्बर ६ को अधनवा,कुमरगढी, वाड नम्बर ४ को बन्ठाकट्टी वाड नं. ११ को बेलवा ,रमपुर्वा लगायतको टोलमा मतदाताहरुसंग भेटघाट गर्नु कार्यक्रम गरिएको छ ।

घरदैलो कार्यक्रममा नेपाली कांग्रेस बारा जिल्लाका कोषाध्यक्ष बासुप्रसाद चौधरी, कोल्हबी नगर सभापति बिरेन्द्र चौधरी,उपसभापति बसन्त चौधरी, कांग्रेस नेता निजगढका पुर्व मेयर सुरेश खनाल, शम्भु बुढाथोकी, माला लामा, उपेन्द्र चौधरी, गठबन्धनका नेताहरु तपेश्वर राय थारु,रबिराज ढङोल,रामचन्द्र साफी ,अमृत जिआर, रघुनाथ पनुहर नेपाली काङ्ग्रेसका नेता धोधर्पा निवासी बिरेन्द्र प्रसाद चौधरी लगायतको समेत घरदैलोमा उस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds