हिन्दुहरु माथि भईरहेको अन्याय, अत्याचार तथा दमन बन्द गर्नुपर्ने माँग गर्दै पर्साको बीरगञ्जमा शनिबार बिरोध प्रदर्शन भएको छ ।
हिन्दु माथिको दमन बन्द गर्न माँग गर्दै हिन्दू परिषद नेपाल बीरगंज नगर कमिटीले बीरगञ्जको घण्टाघरमा बिरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागी भएकाहरुले हिन्दू माथिको दमन बन्द गर, ओमकार परिवार एक होऔ, हिन्दू राष्ट्र कायम गर, धर्म बेच्ने दलाल नेताहरु मुर्दाबाद, भगवान श्रीराम माता जानकीलाई बाट्न पाईदैन, धर्म निरपेक्षताको आडमा गुण्डागर्दी बन्द गर, जस्ता नाराहरु लेखिएको प्ले कार्ड बोको थिए ।
उनीहरुले हिन्दु राष्ट्र कायम गर, हिन्दु माथिको दमन बन्द गर लगायतका नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका थिए । नाराबाजी गर्दै प्रदर्शनमा सहभागी भएकाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला समेत जलाएका थिए ।
बिरोध प्रदर्शनमा हिन्दु परिषद नेपालका केन्द्रिय अध्यक्ष सन्तोष पटेल, परिषदका बीरगंज नगर अध्यक्ष प्रमोद सिंह, महासचिव अनिरुद्ध सिंह, कोषाध्यक्ष संजय सरार्फ, केन्द्रिय सदस्यहरु सुरेश साह कानू, श्रीराम उपाध्याय, लालबाबु प्रसाद कुर्मी, सचितानंद दुबे लगाएकाले ¥यालीपछि आयोजित सभालाई सम्बोधन गरेका थिए ।