बारामा थप ९५ जनामा कोरोना भाईरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । योसँगै जिल्लामा संक्रमितको संख्या ६ सय ८० पुगेको स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश प्रसाद यादवले जानकारी दिनुभयो ।
संक्रमण पुष्टि हुनेमा नेपाल आयल निगमको अमलेखगंज स्थित क्षेत्रीय डिपोमा कार्यरत ९ कर्मचारी र सोही स्थानका अन्य ७ जना स्थानिय छ्न् । उनीहरुमा ४० वर्षिय एक महिला, उमेर नखुलेका ६ जना र २८–५८ वर्षका ८ जना पुरुष छ्न् । यस्तै, बाराका नै २६ वर्षिय पुरुष, इटियाहीका २६ वर्षिय पुरुष, नौतनका ३०, ६५ वर्षिय महिला, कलैया–१ का ६० वर्षिय पुरुष, र बहुअरी–४ का २५ वर्षिय पुरुष छ्न् ।
वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा उनीहरुम संक्रमण देखिएको जिल्ला प्रहरी कार्यालय, बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो । यसैगरी, काठमाण्डौं स्थित प्रयोगशालामा गरिएको परिक्षणमा कलैया उपमहानगरपालिकाका मात्रै ७३ जनाको कोरोना रिपोर्ट पोजेटिभ देखिएको प्रवक्ता मिश्रले बताउनुभयो ।
उपमहानगरपालिकाका संक्रमण पुष्टि हुनेमा २५ जना महिला र ४८ जना पुरुष छ्न् । संक्रमितहरु ६ बर्ष देखि ६९ वर्ष उमेर समुहका छ्न् । यस्तै, जिल्लामा संक्रमण मुक्त हुनेको संख्या २ सय ५२ पुगेको छ भने १० जनाले संक्रमणबाट ज्यान गुमाईसकेका प्रहरीले जनाएको छ ।