लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ

साझेदारी दैनिक
367 पाठक संख्या

रञ्जन यादव/
बारामा यात्रुबाहक बसबाट प्रहरीले लागूऔषध गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।

बाराबाट हेटौडा तर्फ जाँदै गरेको मे १ ख २३२२ नम्बरको बसमा स्याउँको कार्टुनभित्र लुकाईछिपाई राखिएको अवस्थामा १३ केजी ५ सय ग्राम लागूऔषध गाँजासहित ४ जना पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका वडा नं.८ का ३४ वर्षीय राजकुमार भने चन्द्र बहादुर मोक्तान, झापाको मेची नगरपालिका वडा नं.६ का ४६ वर्षीय शंकर दाहाल, वडा नं.७ बस्ने ३४ वर्षीय विनोद कुमार पोखरेल र रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ८ का २४ वर्षीय अर्जुन गौतम रहेका छन् ।

बस र लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरूमाथि थप अनुसन्धान भइरहेको छ ।

Leave a review

This will close in 0 seconds