जीतपुरसिमरा उपमहानगरपालिकाले पिसिआर मेसिन र एम्बुलेन्स खरिद गरिने

साझेदारी दैनिक
साझेदारी दैनिक 541 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले पिसिआर मेसिन र एम्बुलेन्स खरिद गर्ने भएको छ । उपमहानगरपालिकाको आईतवार वसेको बसेको कार्यापालिका बैठकले जनसमुदायमा पनि कोरोना फैलिएको आशंका गर्दै जनसमुदायलाई कोरोना भाईरसबाट बचाउन कोरोना बिशेष अस्थाई अस्पतालका लागि एउटा पिसिआर मेसिन मेसिन र एउटा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना संक्रमित बिरामीहरुको उपचारको लागि आईसोलेसन कक्ष निर्माण, क्वारेन्टीनको बेड क्षमता बढाउने,जनचेतना मुलक कार्यक्रम र आवश्यक स्वास्थ्यका सामग्रीहरु खरिद गर्न निर्णय गरेको जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख सरस्वती देबी चौधरीले जानकारी दिनुभयो । उहाँले त्यस कार्यकोलागि उपमहानगरपालिकाले ३ करोड रुपैया छुट्याएको बताईन ।

उपमहानगरपालिकामा कोरोना संक्रिमतको सङख्या बढ्दै गएपछि उपमहानगरपालिकाको कार्यालयले कोरोना परिक्षणको दायरा बढाउने निर्णय गरेको हो । उपमहानगरपालिकाको प्रत्येक वडाहरुमा कोरेनटाईन बनाउने जनाएको छ । तर जीतपुरसिमरा उपमहानगरपालिकाले अहिलेसम्म नगरसभा हुन सकेको छैन् ।

अहिलेको समयमा जीतपुरसिमरा उपमहानगरपालिकामा पिसिआर मेसिन अतिआवश्यक भएपनि सञ्चालनको लागि आवश्यक जनशक्ति र पुर्बधार निर्माणको अभावमा उपमहानगरपािलकालाई समस्या हुनसक्ने कतिपयले विश्लेषण गरेका छन् । जीतपुरसिमरा उपमहानगरपालिकामा १६ जना कोरोना संक्रमित भेटिएका छन् ।

समाचार शेयर गर्नुहोस
Leave a review