मुख्यमन्त्री सिंहले असोज २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने

साझेदारी दैनिक
374 पाठक संख्या

कलैया । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले असोज २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् ।

मुख्यमन्त्री सिंहले विश्वासको मतका लागि व्यवस्था मिलाउन आग्रह गर्दै प्रदेशसभामा पत्र पठाएका छन् ।

“नेपालको संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मतका लागि मिति २०८२ असोज २८ गते व्यवस्था मिलाई दिनुहुन अनुरोध गर्दछु,” मुख्यमन्त्री सिंहले पठाएको पत्रमा उल्लेख गरिएको छ ।

नेपाली कांग्रेस र नेकपा एमालेले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सिंह नेतृत्वको सरकार हाल अल्पमतमा परेको छ ।

Leave a review

This will close in 0 seconds