पर्सामा नेकपा महानगरका अध्यक्ष, पत्रकार र वडाअध्यक्ष सहित ७३ जनामा कोरोना पुष्टि

साझेदारी दैनिक
साझेदारी दैनिक 335 पाठक संख्या
1 मिनेट पढ्न लाग्ने समय

राम मण्डल/
पर्साको बीरगन्जमा गरिएको परिक्षणमा थप ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालमा आइतबार राती गरिएको पिसिआर परिक्षणमा ७३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालका मेसु मदन उपाध्यायले बताएका छन । १२ महिला ६१ जना पुरुषहरुमा संक्रमण पुष्टी भएको उपाध्यायले बताए ।

संक्रमण देखिएकोमा उनीहरु १० देखि ६२ बर्ष उमेर समुहका रहेका छन् । संक्रमितहरु मध्ये नेकपा बीरगन्ज महानगर अध्यक्ष रहबर अन्सारी, महानगरका एक वडाध्यक्ष र नारायणी एफएममा कार्यरत एक पत्रकार समेत रहेका छन् । यसैगरी नेपाली सेना, नेपाल प्रहरीसमेत संक्रमण पुष्टी भएको छ ।

संक्रमित मध्ये बारा जिल्लाका पाँच र एक जना भारतिय नागरिक समेत छन् । कोरोना संक्रमितहरुको सम्पर्कमा आएका र बीरगन्जमा भई रहेको मास टेसिटङमा स्वाब संकलन गरिएकाहरुमा संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ ।

समाचार शेयर गर्नुहोस
Leave a review