पर्साको वीरगञ्जमा मधेसको दृष्टिकोणबारे वृहद छलफल

राम मण्डल
321 पाठक संख्या

पर्साको वीरगञ्जमा मधेसको दृष्टिकोणबारेमा शुक्रबार छलफल गरिएको छ ।

वीरगञ्ज कलेजको सभाहलमा आयोजित छलफल कार्यक्रममा मधेस प्रदेशमा बिभिन्न पेशामा आबद्ध रहेका ब्यक्तिहरुको सहभागिता रहेको थियो । छलफल कार्यक्रममा मधेस प्रदेशको समाजिक,आर्थिक अवस्थाका बारेमा मार्टिन चौतारीका सम्पादक सोहन प्रसाद साहले लेख्नु भएको मधेस प्रदेशमा पैदलयात्रा नामक पुस्तकको बारेमा समेत छलफल गरिएको थियो ।

पुस्तकमा मधेसको बारेमा यहाँका बिभिन्न ब्यक्तित्वहरुसित सोधेर अध्ययन गरेर उक्त पुस्तक लेखिएको पुस्तकका सम्पादक सोहन प्िरसाद साहले जानकारी दिए ।पुस्तकको अध्यन गरि मधेसको बास्तविक अवस्था र यहाँका गतिबिधी बारेमा समेत जानकारी प्राप्त गर्नै सकिन्छ ।

छलफल कार्यक्रममा मधेस प्रदेशमा सदियौदेखि चल्दै आएको रिती रिवाज र भाषा सँस्कृति रहन सहनको बारेमा अध्यन गरि लेखिएकोले प्स्तकले मधेसको बास्तविक अवस्थाको बारेमा देखाइएको मधेसस मामिलका जानकार चन्द्रकिशोरले छलफलमा बताएका थिए । छलफल कार्यक्रममा सञ्चारकर्मी, अधिबक्ताहरुको समेत उल्लेखनिय सहभागिता रहेको थियो । उनीहरुले समेत मधेसको अवस्थाको बारेमा तथा पुस्तकमा लेखिएको बिषयको बारेमा आफनो धारण राखेका थिए ।

मधेस अहिले पनि पछाडि रहेको तथा पहिले पनि पछाडि नै रहेकाले बास्तवमा ठुला जातहरुको नेपालमै बर्चस्व रहेको अधिबक्ता प्रतिमा चौरसियाले बताईन ।उनले किताबमार्फत उठाइएका बिषयहरुमाथि गहन छलफल गर्नुपर्ने आवशयकता रहेको बताईन ।कार्यक्रममा राजनितीक दलका नेता,अधिबक्ता,सञ्चारकर्मी,स्थानीयबासी लगायतको सहभागिता रहेको थियो ।

Leave a review

This will close in 0 seconds