६१ औं ईन्जिनियर दिवसको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम सम्पन्न

संदिप प्रसाद यादव
1.3k पाठक संख्या

नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रले आइतबार ईन्जिनियर दिवसको अवसरमा गरेको बृहत रक्तदान कार्यक्रममा १ महिला सहित ६५ जनाले रक्तदान गरेका छन् । वीरगन्ज महानगरपालिका-१४ चिनी मिल कारखानाको अगाडि अवस्थित रहेको वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीको प्राङ्गणमा सम्पन्न भएको छ ।

ईन्जिनियर दिवसका अवसरमा वीरगञ्ज इन्स्टिच्युट अफ टेक्नोलोजी र सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल मधेस प्रदेशको सहकार्यमा नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रले रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।

नेपाल इन्जिनियर्स एसोसिएसन वीरगन्ज केन्द्रले आयोजना गरेको रक्तदान कार्यक्रममा १ महिला सहित ६५ जनाले रक्तदान गरेको रक्तसञ्चार केन्द्रले जनाएको छ । रक्तदान गर्नेमा वीरगन्ज इन्स्टिच्युट अफ टेक्नोलोजीका सबै संकायका विद्यार्थी र ईन्जिनियर्सहरु लगायतको उपस्थिति रहेकोे थियो ।

नेपाल इन्जिनियर्स एसोसिएसन वीरगञ्ज केन्द्रका अध्यक्ष ईन्जिनियर उमेश कुमार गप्ताको अध्यक्ष्ातामा भएको कार्यक्रमको प्रमुख अतिथि वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत नितेश कुमारले रक्तदान कार्यक्रमको उद्घाटन गरेका थिए ।

वीरगञ्जको रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको बेला इन्जिनियर दिवसको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको नेपाल इन्जिनियर्स एसोसिएसन वीरगञ्ज केन्द्रका अध्यक्ष इन्जिनियर उमेश कुमार गप्ताले बताए ।

उक्त कार्यक्रममा सेन्टर फर डेमोक्रेटिक ईन्जिनियर्स नेपाल मधेस प्रदेशका अध्यक्ष मनोज कुमार दासको संयोजकत्वमा आयोजित रक्तदान कार्यक्रममा नेपाल इन्जिनियर्स एसोसिएसन मधेस प्रदेश सदस्य प्रियान्सु कुमार गुप्ता रौनियार,रवी कुमार साह,विकेश साह,सिभिल संकायका विभागीय प्रमुख ईन्जिनियर सुधीर केशरी,भुपु सिभिल संकाय प्रमुख तथा वरिष्ठ इन्जिनियर राजेश यादव,सिमरन पटेल,जयप्रकाश बिराजी,निरज चौधरी,संजय साह,पवन बस्नेत,अवध किशोर सिंह एवम् सबै सन्कायका बिद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds