बाराको सदरमुकाम कलैया स्थित करण राज पार्टी प्यालेसको सभा हलमा आयोजित एक कार्यक्रमका बीच तराई संचार राष्ट्रिय दैनिक नामक दैनिक पत्रिका आइतबार विमोचन गरिएको छ ।
तराई ईन्टर प्रेनर हाउस प्रालिद्धारा संचालित तराई संचार राष्ट्रिय दैनिक पत्रिकाको बिमोचन कार्यक्रममा प्रमुख अथिति नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान,बारा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य अच्युत मैनाली,बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र जिल्ला समन्वय समिति बाराका उप प्रमुख चण्डिका उप्रेती सापकोटाले संयुक्त रुपमा उक्त पत्रिकाको बिमोचन गरिएको हो ।
पत्रिकाको प्रधान सम्पादकमा महेश्वर अधिकारी,सम्पादक शारदा पोखरेल,सह सम्पादक प्रल्हाद तिमल्सिना र कार्यकारी सम्पादक सिकेन्द्र पासवान रहेका छन् भने मल्टिमिडियामा अरुण साह रहेका छन ।
कार्यक्रममा बोल्दै बक्ताहरुले पत्रकारिता राष्ट्रको चौथो अंग भएको भन्दै सत्यतथ्य समाचार सम्प्रेषण गरेर दिशानिर्देश गर्नुपर्नेमा जोड दिए । न्यायसंग सम्बन्धित सूचना प्रवाह गर्ने पत्रिकाको अभाव रहेको अवस्थामा यो पत्रिकाले विशेष
भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । पत्रिका प्रकाशन चुनौतीपूर्ण रहेको उहाँहरुको भनाई छ । पत्रिकाले जनभावनालाई प्राथमिकतामा राखेर निरन्तरता दिइनु आवश्यक रहेको वक्ताहरुको भनाई छ ।
तराई संचार राष्ट्रिय दैनिक पत्रीकाका प्रकाशक गुरु प्रसाद गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल प्रेस युनियनका केन्यि सदस्य गणेश रिजाल,नेपाल पत्रकार महासंघ मधेस प्रदेशका महासचिव श्याम बंजारा,नेपाल प्रेस युनियन मधेस प्रदेशका अध्यक्ष सत्य प्रकाश श्रेष्ठ,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी,प्रेस युनियन बाराका सचिव राजेश कुशवाहा,जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटी,कलैया उपमहानगरपालिका का नगर प्रमुख विनोद साह,बारागढी गाउँपालिका का अध्यक्ष अशोक प्रसाद जैसवाल,नेकपा माओवादी केन्द्र बाराका अध्यक्ष मुकेश साह,जनमत पार्टी बाराका अध्यक्ष शिवनाथ पटेल,प्रेस चौतारी बाराका अध्यक्ष दिवाकर भण्डारी र खेलकुद पत्रकार संघ बाराका अध्यक्ष सुनिल गाउले लगायतको उपस्थिति रहेको थियो ।
तराई संचार राष्ट्रिय दैनिक पत्रिका का सम्पादक शारदा पोखरेल र सह सम्पादक प्रल्हाद तिमल्सिनाले स्वागत गरेका थिए भने कार्यक्रमको सन्चालन कार्यकारी सम्पादक सिकेन्द्र पासवानले गरेका थिए ।

