बारा जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलद्रारा बाढीले प्रभाबित भएको क्षेत्रको मंगलवार निरिक्षण गर्नु भएको छ ।
आईवारदेखी निरन्तर बर्षा हुँदा उपमहानगरपालिकाको बिभिन्न क्षेत्रमा बाढीले पु¥याएको क्षतिवारे निरिक्षण गर्नु भएको हो ।
नगरप्रमुख पौडेलले बाढी प्रभावको अनुगमन गरी बाढी पस्नुको कारण र बिपतबाट हुने क्षती न्युनीकरण गर्ने उपायहरुको बिषयमा स्थानीयसँग छलफल समेत गर्नु भएको थियो । उपमहानगरपालिका वडा नम्बर १२ घगवा टोल लगायतको बस्तीमा बाढीको पानी घरभित्र पसेको छ ।
नगरप्रमुख राजन पौडेलले दुधौरा खोला र बालगङ्गा खोलाको निरिक्षणको क्रममा बाढीबाट हुन सक्ने क्षतीको रोकथाम र खोलालाई च्यानलाईज गर्न बिषयमा सरोकारवाला निकायसँग छलफल गर्नुभएको थियो ।

