रञ्जन यादब/
बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा रक्सी भनेर एक युवकलाई एसीड खुवाईएको छ । उपमहानगरपालिकाको वडा नं.१९ ईनर्वासिरामा भर्जिन रक्सीको बोतलमा एसिड ख्वाउँदा उनको मुख र पेटभित्रको भित्री भाग जलेको अस्पताल स्रोतले जनाएको छ ।
एसिड खानेमा जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१९ बस्ने बर्ष १८ का पवन साह रहेका छन् । उनलाई रक्सी पसलका सञ्चालक बर्ष २० का उमेश साहले आईतबार रक्सी भनेर एसीड खुवाइएको पारिवारीक स्रोतले आरोप लगाएको छ ।
पिडितको उपचार नेशनल मेडिकल कलेजमा सम्भव नभएपछि उनलाई काठमाडौँ रिफर गरिएको वडा अध्यक्ष सुधन दास तत्माले जानकारी दिनुभयो । उहाँले पिडित पवनको अवस्था ज्यादै गम्भिर रहेको बताएका छन् ।
सुरु,सुरु मा आफु कहाँ पवन नआएको उमेशले बयान दिए । एसिड पनि आफुले नखुवाइएको दाबी गरे । पछि केरकार गर्दा भर्जिनको बोतलमा राखेको एसीड पवनले आफै खाई दिएको उमेशले ब्यान दिएको ईनर्वा प्रहरी चौँकीका प्रहरी सहायक निरिक्षक नागेन्द्र पान्डेले साझेदारीलाई जानकारी दिनुभयो ।
उमेशले नै आफुलाई रक्सी भनेर एसिड खुवाइएको पवनले बताएपछि आफुहरुले उमेशलाई नियन्त्रणमा लिएको प्रहरी सहायक निरिक्षक पाण्डेले साझेदारीलाई बताउँनुभयो ।
एसिड खुवाइएको आरोप लागेका उमेशलाई आज ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा पठाईएको छ । उनी माथि आवश्यक अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ । पिडित पवन प्रष्ट बोलि नभएको तर मानसीक अवस्था ठिक भएको ब्यक्ति भएको वडा अध्यक्ष तत्माले बताएका छन् ।