बारा प्रहरीद्वारा एकाइस लाख सोह्र हजार पाँच सय तेतीस रुपैयाँ बराबरको तामाको भाँडा बरामद

संदिप प्रसाद यादव
366 पाठक संख्या

कलैया : बारा प्रहरीले २१ लाख १६ हजार पाँच सय ३३ रुपैयाँ बराबरको तामाको भाँडो बरामद गरेको छ ।

प्रहरी चौकी पथलैया बाराबाट प्रहरी वरिष्ठ नायब निरीक्षक नरेश बहादुर शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले सो भाँडो बरामद गरेको हो।

जिल्लाको जीतपुर सिमरा उप–महानगरपालिका वडा नम्बर १ पथलैया चोकमा प्रहरीले सो भाँडो बरामद गरेको हो।

जीतपुरबाट काठमाण्डौ तर्फ जादै गरेको प्रदेश २ ०३–००१ च ५९३१ नम्बरको पिकअप गाडी शंकास्पद लागी रोकी जाँच गर्ने क्रममा बिल बिजक भन्दा बढी सामानको स्रोत खुलाउन नसकेको सो भाँडो बरामद गरेको हो।

प्रहरीले एक पिकअप लोड पलेट र तामाको भाँडा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताएका छन् ।

उक्त तामाको भाँडा सहित गाडी नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाईएको प्रवक्ता सापकोटाले जानकारी दिएका छन् ।

Leave a review

This will close in 0 seconds