आँखा पाक्ने समस्या बढेपछि लालपर्सामा आँखा शिविर

राम मण्डल
358 पाठक संख्या

पर्साको वीरगञ्ज महानगरपालिका भाईरल रुपमा रहेको आँखा पाक्ने रोगका विरामीहरु बढ्न थालेपछि वडा नम्बर ३० लालपर्सामा आँखा शिविर सम्पन्न भएको छ ।

बढदै गएको आँखा पाक्ने रोगबाट बच्नको लागि वीरगञ्ज महानगरपालिकाले बधबार उक्त शिविरको आयोजना गरेको हो । शिवरिमा वडाका स्थानीयबासीहरुको निशुल्क रुपमा आँखा चेकजाँच गरिएका छन । आँखा पाक्ने रोगको सँक्रमण बढेर एक अर्कामा सर्नेक्रम पनि बढेपछि महानगरले टोलटोलमा अहिले शिविरमार्फत सेवा दिदै आएको छ ।

आँखा पाक्ने रोगका बिरामीहरु दैनिक रुपमा स्वास्थय चौकीमा ३० देखि ४० जनासम्म आउने गरेको तथा औषधिसमेत अभाव भएकाले महानगरको समन्वयमा शिविरको आयोजना गरिएको लालपर्सा स्वास्थय चौकीका ईन्चार्ज मेवालाल ठाकुरले बताए । महानगरको गाउँदेखि शहरसम्मका वडाहरुमा महानगरले शिविरमार्फत स्थानीयको आँखा चेकजाँच गरिरहेको महानगरका स्वास्थय शाखाका जनस्वासथ्य निरिक्षक अनिशकान्त कुशवाहाले जानकारी दिए ।

स्वास्थ्यलाई ख्याल गर्दै आफनो पहलमा २ सय जनालाई निशुल्क चश्मा समेत उपलब्ध गराईएको वडा नम्बर ३० का वडाध्यक्ष मनोज यादवले बताएका छन । उनले वडाका जनताको सहुलियतको लागि स्थानीय स्वास्थय चौकीमै आँखा सम्बन्धी शिविरको आयोजना गरिएको बताए ।

Leave a review