असोज ३ गते बुधबार देशभरी संबिधान दिवस मनाइएको छ ।
२०७२ सालमा असोज ३ गते सँबिधान जारी भएको दिनको सम्झनामा हरेक बर्ष संबिधान दिवस मनाईनेन गरिएको छ ।
दिवसको अवसरमा बिभिन्न कार्यक्रम गरि मनाईने गरिएको भएपनि यसदिन संबिधानको बिरोध पनि हुने गरेको छ ।
संबिधान दिवसकै दिन बर्तमान संबिधानको बिरोध गर्दै आम जनता पार्टीले संबिधानको अन्त्येटि यात्रा निकालेको छ ।
संबिधानको अन्त्येष्टि यात्रा निकाल्दै पार्टीमा आबद्ध नेता कार्यकर्ताहरुले वीरगञ्ज महानगरको परिक्रमा गरेका थिए । परिक्रममा पश्चात घण्टाघरमा आयोजित कोणसभामा बर्तमान सँबिधानको पार्टीका नेताहरुले बिरोध गरेका थिए । संबिधानले जनता सुखी नभएका कारणले यसको बिरोध गरेको आम जनता पार्टीका पर्सा जिल्ला ईन्चार्ज राजकुमार साहले बताए ।
देशमा आएको गणतन्त्र जनताको हितको लागि नभई नेताहरुको लुटतन्त्र मात्रै भएकोले बर्तमान संबिधानलाई खारेज गर्नुपर्ने आम जनता पार्टीका नेता दिपेन्द्र चौधरीको भनाई छ । संबिधानमा भएको कमजोरीका कारणले नै देशमा भएका कल काखानाहरु बन्द भएर बेरोजगारीको समस्या दिनप्रतिदिन बिकराल बन्दै गईरहेकोले संबिधानको बिरोधमा उत्रिएको बताउनु हुन्छ पार्टीको भातृ संगठन आईटी आर्मी पर्साका सचिव धरेन्द्र कुशवाहाले बताए ।


