अबैध लागू औषध गाँजासहित एक पक्राउ

साझेदारी दैनिक
256 पाठक संख्या

कलैया : प्रहरीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२१ बाट शनिबार बिहान अवैध लागू औषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–१ बस्ने ४२ वर्षीय सन्चलाल चेपाङ रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।उनको साथबाट करिब सात किलो तीन सय २० ग्राम अबैध लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले चितवनबाट वीरगंजतर्फ आउँदै गरेको बा.प्र.०६–००१ ज ००४२ नम्बरको गाडीमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।

बरामद भएको अबैध लागु औषध गाँजा सहित उनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

Leave a review