करैयामाई गोल्डकप : ए पि एफ बर्दिबास बिजयी

साझेदारी दैनिक
577 पाठक संख्या

कोल्हबी : धीरेन्द्र पनुहर / बाराको करैयामाई ७ उमजनमा जारी दोस्रो करैयामाई गोल्डकप २०८२ अन्तर्गत सोमबार भएको खेलमा ए पि एफ बर्दिबास विजयी भएको छ।

उसले शिव शक्ति युवा क्लब रौतहटलाई शून्यको बिरुद्ध चार गोलले पराजित गरेको छ। खेलको पहिलो हाफको १५ मिनेट जादा ए पि एफ बर्दिबासका जर्सी न १० का दिल कुमार बि क ले पहिलो गोल गरे।

खेलको ३१ मिनेट जादा जर्सी न १८ का बि के तामाङले दोस्रो गोल गरे। बर्दिबासकै जर्सी न २४ का अरविन्द चौधरी खेलको दोस्रो हाफको २७ औ मिनेटमा तेस्रो गोल गरे। बर्दिबासकै जर्सी न १८ का बि के तामाङले खेलको दोस्रो हाफको ३० औ मिनेटमा चौथो गोल गरि ० को विरुद्ध ४ गोलले आफ्नो टिमलाइ बिजयी गराएका हुन्।

खेलको मैन अफ द म्याच ए पि एफ का बि के तामाङ घोषित भए। उनलाई श्री जनता मा बि उमजनका प्र अ रामनाथ चौधरीले पुरस्कार प्रदान गरे।

प्रतियोगिता अन्तर्गत मंगलबार एन जे जे वाइ सि सिमरा र सन राइजिङ युवा क्लब उमजनको बिरुद्ध खेल हुने आयोजक क्लबका सचिव गोपाल प्रसाद चौधरीले जानकारी दिए।

प्रतियोगिताको बिजेता टिमले नगद रु. ६० हजार र उप विजेता टिमले रु. ३० हजार शिल्ड,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। गोल्डकपको मुख्य प्रायोजक करैयामाई गाऊपालिका रहेको छ।

Leave a review