मधेश प्रदेशमा सवारीसाधनको प्रेसर हर्न निकाल्ने अभियान

रञ्जन यादव
711 पाठक संख्या

मधेश प्रदेशमा सवारी साधनको प्रेसर हर्नले ध्वनी प्रदुषण बढेको भन्दै ट्राफिक प्रहरीले प्रेसर हर्न निकाल्ने अभियान चलाएको छ ।

अभियान अन्तर्गत मधेश प्रदेशको बारा जिल्ला लगायत आँठवटै जिल्लाको सड्कखण्डमा ध्वनि प्रदुषण नियन्त्रणका लागि तीन दिने अभियान प्रहरीले चलाएको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहतका ट्राफिक प्रहरी कार्यालयहरुले विभिन्न स्थानमा ठुला सवारी साधनहरुको प्रेसर हर्न जाँच गरी कारवाही गर्दै प्रेसर हर्न निकाली सवारी चालकहरुलाई प्रेसर हर्न प्रयोग नगर्नका लागि सम्झाउने र बुझाउने गरेका छन् ।

सोही अन्तर्गत जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराले समेत तीन दिने अभियानको सुरुवात गर्दै ठुला सवारीसाधनबाट प्रेसर हर्न निकाल्ने अभियान थालेको जनाएको छ ।

Leave a review