निजगढको रतनपुरमा बिहिवार बाट शुरु भएको दोस्रो वडा अध्यक्ष कप फुटबल प्रतियोगितामा मकवानपुरको हेटौडा फुटबल एकेडमीले बिजयी शुरूवात गरेको छ ।
उद्घाटन खेलमा जनाभियान युथ क्लब बारागढीलाई ३–१ गोल अन्तरले पराजित गर्दै हेटौडा फुटबल एकेडमी मकवानपुर प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
मकवानपुरकोलागी खेलको ९ औं मिनेटमा प्रसुन घलानले गोल गर्दै शुरूवाती अग्रता दिलाएकाथिए । ३३ औ मिनेटमा बारागढीका उदितनारायण चौधरीले गोल गर्दै खेलमा फर्किने प्रयास गरेपनी बारागढीले मकवानपुरलाई रोक्न सकेन ।
५० औं मिनेटमा मकवानपुरका मिलन तामाङले गोल गर्दै टोलिलाई पुनः अग्रता दिलाए । ६३ औं मिनेटमा प्राप्त फ्रीकिकलाई गोलमा परिणत गर्दै मिलनले टोलिलाई ३–१ को जित दिलाए ।
खेलको प्लेयर अफ द म्याच मकवानपुरका मिलन तामाङ घोषित भए । प्रतियोगिताको उदघाटन निजगढका नगर प्रमुख सुरथ पुरीले गरेका थिए ।
प्रतियोगिता अन्तर्गत शुक्रबार एभरेस्ट एकडेमी सर्लाही र वीरगंज युनाइटेड बिच प्रतिस्पर्धा हुने छ । श्री नेपाल राष्ट्रिय माध्यमिक बिद्यालय रतनपुरको मैदानमा संचालन हुने सो खेलदिउँसो २ः३० बजेदेखि संचालन हुनेछ ।
रतनपुर युनाइटेड युथ क्लबको आयोजनामा संचालित प्रतियोगीको बिजेताले एक लाख र उपबिजेता टोलिले ५० हजार रुपैयाँ प्राप्त गर्ने छ । कार्तिक २५ गतेसम्म संचालन हुने छ ।
प्रतियोगितामा आयोजक रतनपुर युनाइटेड युथ क्लब सहित नेपाली सेनाको सबुज गण आधाभार बारा,एफसी चन्द्रपुर गैंडाटार रौतहट,जनअभियान युथ क्लब बारागढी बारा,योङ्ग स्टार युनाइटेड क्लब लाल,निजगढ,एभरेस्ट एकेडमी सर्लाही,हेटौडा फुटबल एकेडमी मकवानपुर,बिरगंज युथ एकेडमी र वीरगंज युनाइटेडको सहभागिता रहेको छ।

