नेपाली काँग्रेसको मधेश प्रदेश सम्मेलन धनुषाधाममा हुने

साझेदारी दैनिक
525 पाठक संख्या

नेपाली काँग्रेस मधेश प्रदेश कार्य समितिको पूर्ण बैठक मंगलबार सम्पन्न भएको छ ।

प्रादेशिक कार्यालय जनकपुरधाममा नेपाली काँग्रेस मधेश प्रदेशको पार्टी कार्यालयमा सो बैठक सम्पन्न भएको हो ।

मधेश प्रदेश सभापति एवं मधेश प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री कृष्णप्रसाद यादवको अध्यक्षतामा पूर्ण बैठक सम्पन्न भएको नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले जानकारी दिए ।

पूर्ण बैठकमा चार बुंदे निर्णय गरिएको छ । नेपाली काँग्रेस मधेश प्रदेशको प्रदेश सम्मेलन यही पुस ५ र ६ गते धनुषाधाम स्थित महेन्द्रनारायण निधी मिथिला संस्कृति केन्द्रमा गर्ने सो बैठकले निर्णय गरेको छ ।

सम्मेलनमा प्रमुख अतिथिमा पार्टी सभापति एवं पूवं प्रधानमन्त्री शेर बहादुर देउवालाई आमन्त्रण गर्ने निर्णय सो बैठकले गरेको छ । मधेश प्रदेश सम्मेलनलाई भव्यताका साथ सम्पन्न गराउन र सफल बनाउन आवश्यक अनुसारको उप समितिहरु कार्यसम्पादन समिति गठन गर्ने निर्णय सो बैठकले गरेको छ ।

मधेश प्रदेश सम्मेलनमा राजनीतिक साँगठनिक–आर्थिक एवं महामन्त्रीको प्रतिवेदन तयार गर्न मस्यौदा तयारी उपसमितिहरु गठन गर्ने निर्णय समेत सो बैठकले गरेको छ ।

वडा तहदेखि जिल्ला सम्म सम्मेलन गर्न बाकी रहेको तहहरुलाई सम्मेलन सम्पन्न गर्न र प्रदेश सम्मेलन प्रतिनिधि छनोट गरी जानकारी गराउन परिपत्र गर्ने निर्णय समेत सो बैठकले गरेको छ ।

Leave a review

This will close in 0 seconds