अधुरो सडक निर्माणका लागी पहल गर्छु : सांसद ढकाल

संदिप प्रसाद यादव
491 पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले बाराको साढे तीन किलोमिटर मानव मटिअर्वा सडकखण्डको बाटो निर्माणका लागी पहल गर्ने बताएका छन ।

बाराको कलैयामा शनिबार आयोजित घण्टी सभामा बोल्दै सांसद ढकालले अधुरो सडक निर्माण गर्न सम्बन्धि आफुले पहल गर्ने बताएका छन ।

विकासको सन्दर्भमा हुमला र जुम्ला भन्दा पनि बारा पछाडि रहेको उनले बताए । तथ्यांक अनुसार देशकै तेस्रो धनी राजस्व बुझाउनका लागी बारा जिल्ला रहेको तर अझै पनि विकासको कामहरु धेरै पछाडी परेका बताए ।

कार्यक्रममा बोल्दै साढे तीन किलोमिटर बाटो निर्माण नभएसम्म बारा कुनै पनि कार्यक्रममा सहभागी नहुने सांसद ढकालले प्रतिबद्धता समेत व्यक्त गरे । भोली नै जान्छु यो विषयमा पहल गर्न भौतिक मन्त्रालयमा उनले बताए ।

कार्यक्रममा सांसद ढकालले सरकार गुमाएपछि कांग्रेस छटपटिएको आरोप लगाए । उनले कांग्रेस सत्ताका लागी छटपटिएर संसदमा अमर्यादित कार्य गरिरहेको आरोप लगाए।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सहप्रवक्ता रमेश प्रसाईंले संसद अवरुद्ध गरेर अमर्यादित कार्य गरेको आरोप लगाए । प्रसाईंले सरकारमा सहभागी रास्वापाको मन्त्रीहरुको काम देखेर नेपाली कांग्रेस छटपटिएको बताए ।

घण्टी सभालाई सम्बोधन गर्दै पहाडियाहरुले हामी माथि शोषण गरे जस्ता आरोप अहिले पनि लाग्ने गरेको छ,उनले भने‘उनीहरुले मधेशी समुदायसँग विभेद गरे । तर यो विभेद राणाशाही र राजाशाहीको बेलामा भएको हो ।

अहिले हामी माथि हाम्रै बीच रहेका ठूला भनाउँदा पार्टीहरुले विवेध गर्ने गरेका छन । राष्ट्रिय स्वतन्त्र पार्टीले सबैको आवाज उठाउने काम गरेको छ । विशेष गरी मधेश माथि मधेशी पार्टीहरुले नै विभेद गरेका छन् ।

कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टी बाराका संयोजक चन्दन स्वर्णकारको अध्यक्षतामा भएको कार्यक्रममा राधिका न्यौपाने,आदित्य मेहता,राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ता,समाजसेवी,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियोे ।

क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार राजेश साह तेलिले स्वागत गरेका थिए भने सो कार्यक्रमको संचालन रास्वपा पार्टी कलैया उपमहानगरपालिकाका नगर संयोजक सञ्जु निरालाले गरेका थिए ।

Leave a review

This will close in 0 seconds