आगलागी पीडितलाई सहयोग गराउदा उल्टै बदनाम : अध्यक्ष झा

साझेदारी दैनिक
332 पाठक संख्या

करण कुमार मिश्र/

रौतहटको माधवनारायण नगरपालिका–४ विशुनपूर्वा मानपुरका केही आगलागी पीडितहरुलाई उक्साएर बदनाम गरिरहेको एक संस्थाले जनाएको छ ।

आफु र आप्mना संस्थालाई बदनाम गर्ने कार्य गरेको गैर सरकारी संस्था माण्डवीकी अध्यक्ष अन्जु झाले बताएकी हुन् ।

आगलागीबाट घर पूर्ण रुपमा जलेर नष्ट हुँदा पालमुनी बसिरहेको पीडितलाई घर बनाउन आफुले सहयोग गरेको उनले जनाइन् । अरुको उक्साहटमा परेर पीडितहरुले आफना संस्थालाई उल्टै बदनाम गर्न झुठा आरोप लगाएको अध्यक्ष झाले बताइन् ।

केही आगलागी पीडितहरुले मिडियामा आएर माण्डवीले आपूmहरुको घर बनाउने जिम्मा लिएपनि घरको जग वा फाउण्डेश्न मात्र खडा गरी अधुरै छाडेर फरार भएको आरोप लगाएको उनले बताइन् ।

आफुहरु ठुलो विजोगमा परेको भनी उनीहरुले माण्डवी संस्था माथी आरोप लगाएको थियो ।

माण्डवीको कार्यालय गौरमा शुक्रबार पत्रकारहरुसंग कुराकानी गर्दै माण्डवीकी अध्यक्ष झाले पीडितहरुले लगाएको उक्त आरोपमा कुनै सत्यता नरहेको बताएकी हुन् ।

एनसेट नामक संस्थाको सहकार्यमा माण्डवीले २०७९ साल चैत्र २६ गते विशुनपूर्वा मानपुरमा आगलागीबाट क्षति भएका १७ जना घरपरिवारलाई तत्कालको लागि आवश्यक पर्ने आवास व्यवस्थापनाका लागि राहत दिइएको बताइएको छ ।

आपतकालिन रुपमा आवास निर्माण गर्नका लागि पीडित भनिएका १७ घरधुरीलाई तीन किस्तामा गरी एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने सम्झौता गरेको उनले बताइन ।

आफुहरुले उनीहरु पालमुनी नबसेर तत्कालको लागि कम्तीमा छानाको घरमा बसोस भन्ने उद्देश्यले एक,एक कोठा भएको घर निर्माण गर्न तयार भएको जनाइन् । पीडितहरुले हामी आफै घर बनाउँछौ बरु तपाईहरु हामीलाई एक लाख ५० हजार नगद नै उपलब्ध गराइदिनुस भनी आग्रह गर्दा आफुहरुले १७ जना पीडितहरुलाई प्रति व्यक्ति १ लाख ५० हजारको दरले बैंकमार्फत भुक्तानी गरिदिएको उनले बताइन् ।

१७ जना पीडितले नै आफनै राजीखुसीले आफैले घर बनाउने भनी माण्डवीसंग समझौता गरेको र पीडितसंग गरिएको सम्झौता अनुसार आफुहरुले प्रत्येक घरधुरीको खातामा तिन किस्तामा गरी एक लाख पचास हजार रुपैयाँ पठाइसकिएको उनले बताइन ।

पीडितहरुको घर बनाउने जिम्मा आफुहरुले नलिएको जनाइन् । उनीहरुले आपूmहरुको घर बनाउने जिम्मा लिएको भनी माण्डवीमाथी आरोप लगाई संस्थालाई बदनाम गर्न खोजेको उनको भनाई छ ।

पीडितहरुले आफै घर बनाउने समझौता गरेपनि अहिले घर बनाउन नसक्दा आफुहरुमाथी आरोप लगाउनु सरासर गलत रहेको उनले बताइन ।

पीडितहरुले माण्डवीमाथी लगाएको उक्त आरोप गलत,झूठा, भ्रामक र कपोलकल्पित रहेकोले उनीहरुको कुरामा विश्वास नगर्न झाले आग्रह गरिन् ।

आफुहरुले उनीहरुको घर बनाइदिने भनी कहि कतै कुनै निकायसंग कुनै प्रकारको सम्झौता नगरेको समेत उनले दावी गरिन । माण्डवीले उपलब्ध गराएको रकमबाट पीडितहरुले घरको जग वा फाउण्डेश्न खडा गरिसकेका छन् । तर अब घरको बाँकी काम गर्न आफुहरुसंग पैसा नहुँदा अब घर कसरी बनाउने भनी उनीहरु चिन्तामा परेका छन् ।

अरु दातृ निकाय वा संघ संस्थाले सहयोग गर्ने आशमा पीडितहरुले घरको जग्ग उठाएपनि अन्य कुनै व्यक्ति वा निकायबाट अझै सहयोग प्राप्त नहुँदा आफुहरुको घर कसरी निर्माण हुने भन्ने चिन्ता उनीहरुलाई सताएको छ ।

Leave a review

This will close in 0 seconds