कलैया : नेपाली काँग्रेस बाराले कांग्रेसका केन्द्रिय सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाको भव्य स्वागत गर्ने निर्णय गरेको छ।
जिल्ला कार्यसमितिको बैठक सभापति राजेशराय यादवको सभापतित्वमा पार्टीको जिल्ला कार्यालय,वि.पी. स्मृति भवन, कलैयामा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको हो।
बैठकमा सभापति यादवले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ।
सो बैठकमा असोज ८ गते मंगलवार पर्सा जिल्लाको कार्यक्रममा सहभागी हुन् नेपाली काँग्रेसको सभापति तथा पूर्व प्रधानमन्त्री देउवालाई सिमरा विमानस्थलमा मंगलबार बिहान ९ः३० बजे स्वागतमा जिल्लाका सबै तहका समितिका सभापतिहरु तथा भातृ संस्था आ–आफ्नो नेतृत्वमा सहभागी गर्न गराउने निर्णय गरिएको उक्त प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
नेपाली कांग्रेस पार्टी बाराका कार्यालय सचिव अम्बिका यादवले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस बारे जानकारी दिएका हुन्।








