कोल्हवी /
पुर्वमन्त्री तथा बारा निर्वाचन क्षेत्र नम्बर २ बाट नवनिर्वाचित संघीय सांसद रामसहाय प्रसाद यादवले नेपालमै मलखाद कारखाना संचालन नभएसम्म मलखाद समस्या अन्त्य नहुने बताएका छन ।
बाराको कोल्हवी नगरपालिका वडा नम्बर ८ अवस्थित श्रीकृष्ण प्रणामी मन्दिर बाईजुराज इकाई समितिको २८ औँ बर्षिक साधारणसभाको आईतवार उद्घटन गर्दै यादवले यस्तो बताएका हुन । पुर्वमन्त्री यादवले आफु संलग्न मन्त्री परिषद क्याविनेटले नै नेपालमै मलखाद कारखाना संचालन गर्न प्रक्रिया अघि बढाएको बताउदै यो कामलाई दु्रत गतिमा काम गर्न आवश्यक रहेको बताएका छन ।
उनले आफ्नो क्षेत्रको कृषि, सिचाई, शिक्षा र धार्मिक क्षैत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न काम गर्र्ने विषयम समेत जोड दिएका छन । यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा जनता समाजवादी पार्टी(जसपा)बाट निर्वाचित भएका पुर्वमन्त्री यादवले अबको पाँच बर्ष जनताको हरेक सुखदुखमा सहयोगी बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।
कार्यक्रममा बारा क्षेत्र नम्बर २ (क) बाट प्रदेशसभा सदस्यमा स्वत्रन्त्रबाट निर्वाचित सारदाशंकर कलवारले जनताको मत आफुलाई फेरी पनि सेवा गर्ने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दै जनताको मत खेर जान नदिने गरि काम गर्ने बताएका छन । उनले यो क्षेत्रको सर्मग विकासमा आफ्नो अह्म भुमिका रहने समेत बताएका छन ।
सांसदद्धय यादव र कलवारले श्रीकृष्ण प्रणामी मन्दिरको नवर्मित अधुरो भवन निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन । सो अवसरमा श्रीकृष्ण प्रणामी सेवा समितिले नवनिर्वाचित संघीय सांसद यादव र प्रदेश सांसद कलवारलाई हार्दिक बधाई तथा कार्यकाल सफलतको शुभकामना दिदै सम्मान समेत गरेको छ । सांसदद्धयलाई श्रीकृष्ण प्रणामी सेवा समित बारा, पर्साका अध्यक्ष अर्जुन घिमिरे र शास्त्री नविन ढुंगेलले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।
वाईजुराज इकाई समितिकी अध्यक्ष यदुदेवी खड्काको अध्यक्षतमा बार्षिक उत्सव कार्यक्रममा शास्त्री नविन ढुंगेल, सेवा समित बारा, पर्साका अध्यक्ष अर्जुन घिमिरे, स्थानीय समाजसेवी नारायण पौडेल, खाईटुपलामा, जसपा नेपालकी केन्द्रीय सदस्य लिला पाण्डे, मन्दिर सेवा समितिका अध्यक्ष होमनाथ उप्रेति लगायतकाले मन्तव्य राखेका थिए ।
कार्यक्रमको संचालन चन्द्रपसाद गौतम र स्वागत मन्तव्य सरिता खड्काले गर्नुभएको मन्दिर सेवा समितिका उपाध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिएका छन ।
नेपालमै कारखाना संचालन नभएसम्म मलखाद समस्या अन्त्य नहुनेः पुर्वमन्त्री यादव
Leave a review
Leave a review

