हुलास स्टीलको पनि विद्युत प्राधिकणले काट्यो लाईन

रञ्जन यादव
259 पाठक संख्या

नेपाल विद्युत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरको सिमरा स्थित हुलास स्टीलको विद्युत लाइन सोमवार बिहान विद्युत लाईन काटिएको छ ।

विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रङ्क लाइनबाट विद्युत आपूर्ति लिएको हुलास स्टिल उद्योगको लाइन बक्यौता बिल रकम नतिरेको भन्दै उद्योगको लाईन काटेको जनाएको छ ।

उद्योगको नाममा मङ्सिर महिनासम्मको विद्युत बक्यौता रकम रु ४३ करोड २४ लाख रुपैयाँ बाँकी रहेको छ । प्राधिकरणले ५ करोड रुपैयाँभन्दा बढी बक्यौता रहेका २४ उद्योगको लाइन काटेको हो ।

यसैवीच हिमाल स्टीलको पनि प्राधिकरणले विद्युत लाईन कटेको थियो । तर हिमालले बक्यौता रकम किस्ताबन्दीमा तिर्ने र त्यस बापतको पहिलो किस्ता तिरेपछि प्राधिकरणले लाइन जोडिदिएको जनाएको छ ।

Leave a review

This will close in 0 seconds