रौतहटका प्रमुख जिल्ला अधिकारी रेग्मी र सञ्चारकर्मी विच अन्तरक्रिया

साझेदारी दैनिक
492 पाठक संख्या

करण कुमार मिश्र/

जिल्ला प्रशासन कार्यालय रौतहटमा आउनु भएका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र सञ्चारकर्मीहरु बीच अन्तरक्रिया सम्पन्न भएको हो ।

जिल्ला प्रशासन कार्यालय रौतहटको कर्यभार सम्हालेसँगै आइतबार रौतहटका सञ्चारकर्मीहरुसंग समसमायीक विषयमा अन्तरक्रिया तथा परिचात्मक कार्यक्रम सम्पन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुले जिल्लामा भइरहेको विभिन्न खाले अपराधीक गतिविधि,चोरी पैठारी ,अबैध रूपमा जिल्लामा संचालित अनेकौं क्रसर उद्योगहरुमाथी अनुगमन निरीक्षण, कमजोर आयस्रोत भएको मिटर ब्याज पीडितको मुद्दा दर्ता नहुने,सिमा नाकामा व्यापक चोरी तस्करी,जघन्य प्रवृत्तिको अपराधमा मोटो रकमको चलखेल लगायतको विषयमा गम्भीर प्रश्नहरु उठाएर ध्यानाकर्षण गराएका छन् ।

संचारकर्मीहरुको प्रश्नको जवाफमा रौतहट प्रमुख जिल्ला अधिकारी रेग्मीले आफुलाई अरु जिल्लाको अनुभवबारे बताउदै आफूले भ्याए सम्मको कार्य गर्ने बताए ।

आफनो कार्यकालमा रौतहट जिल्लामा हुने ब्यापक तस्करी, अबैध रूपमा सञ्चालन रहेको क्रसर उद्योगलाई नियन्त्रण,र गाउँघरमा हुने घरेलु हिंसा लगायतको घटना हुन नदिन मातहतका युनिटहरुलाई सक्रिय बनाउने बताए ।

समाजमा हुने विभिन्न खाले समस्याको समाधान गर्नमा सञ्चारक्षेत्रको भुमिका महत्त्वपूर्ण भएको हुदा प्रशासनलाई सक्दो सहयोग गर्न आग्रह गरेका हुन् ।

सो कार्यक्रममा नेपाल पत्रकार महासंघ रौतहट अध्यक्ष प्रेमचन्द्र झा,पुर्व अध्यक्ष शैलेन्द्र गुप्ता,पुर्व अध्यक्ष रबिन्द्र यादव,बरिष्ठ पत्रकार प्रभात झा,शैलेन्द्र झा,गौतम श्रेष्ठ लगायत अनेकौं क्रियाशिल सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

Leave a review