Sajhedari Daily
Latest News from Nepal

६ किलो चाँदीका गर गहनासहित एक जना पक्राउ

६ किलो चाँदीका गर गहनासहित पर्सा प्रहरीले मंगलबार बिहान एक जनालाई पक्राउ पक्राउ गरेको छ ।

भारतबाट अवैधरूपमा ल्याउदै गरेको अवस्थामा प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ बस्ने ६० बर्षका नागेन्द्र प्रसाद सोनारलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरी चौकी ईनर्वाबाट खटिएको चेकिङ टोलीले मंगलबार बिहान ब्यागमा लुकाएर ल्याउदै गरेको अवस्थामा सोनारलाई चाँदीका गर गहनासहित पक्राउ गरेको हो ।

प्रहरीले उनको साथ बाट ६ किलो १६८ ग्राम चाँदीका गर गहना बरामद गरिएको पर्साका प्रहरी प्रबक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिएका छन ।

चाँदी सहित सोनारलाइ आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइने जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।