प्रादेशिक अस्पतालमा ब्लड बैंक भवनको काम तीब्र गतिमा हुँदै

संदिप प्रसाद यादव
1.2k पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका वार्ड नम्बर ६ मा रहेको प्रादेशिक अस्पतालमा ब्लड बैंक भवनको निर्माणाधीन काम तीब्र गतिमा हुँदै छ ।

प्रादेशिक अस्पताल कलैयाको आयोजना र छाया नेपालको सहयोग १ करोड ८ लाख ४१ हजार ५ सय २३ रुपैयाको लागतमा अस्पताल परिसर भित्र अन्तर्राष्ट्रिय मापदण्ड अनुसार ब्लड बैंक ८ कोठा र शौचालयसहित भवनको निर्माणाधीन काम तिब्र गतिमा भई रहेको छ ।

कलैया उपमहानगर-३ भवानीपुरमा बस्ने नेपाल स्काउटका राष्ट्रिय प्रशिक्षक एवं पूर्व राष्ट्रिय कार्यक्रम आयुक्त भरत प्रसाद साहको सहकार्य तथा छाया नेपालका कार्यकारी निर्देशक कमल थापाको विशेष सकृयता र छाया नेपालकासंग सम्बद्ध संस्था समेतको आर्थिक सहयोगमा भवन निर्माण भई रहेको छ।

उक्त भवन निर्माण सम्पन्न गर्न गराउन जेठ ३२ गतेका दिन छाया नेपालका कार्यकारी निर्देशक कमल थापा,प्रादेशिक अस्पताल कलैयाका मेडिकल सुपरिटेन्डेन्ट विकाश कुमार साह र अस्पताल विकास समितिका अध्यक्ष प्रकाश चौगाई बीच संझौता पत्रमा हस्ताक्षर भएको थियोे ।

सो सम्झौता अनुसार कुल लागतको २० % रकम प्रादेशिक अस्पताल कलैयाले तिर्नु पर्ने छ ।

Leave a review