जनतासँग माओवादी रुपान्तरण चार महिने अभियान अन्तर्गत बाराको कलैयामा शहिद परिवारलाई सम्मान गरिएको छ ।
आईतबार अन्तिम दिन कलैया उपमहानगरपालिका क्षेत्रभित्र बसोबास रहेका आँठ जना शहिद परिवारका सदस्यहरुलाई सम्मान गरिएको नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साहले जानकारी दिए ।
नगर कमिटीको आयोजनामा भएको कार्यक्रममा जनयुद्ध र नेपालको क्रान्तिकारी आन्दोलनमा विशिष्ट योगदान पुर्याएको भन्दै सहिद परिवारलाई सम्मान गरेको हो । नेकपा माओवादी केन्द्रका स्थाई कमिटी सदस्य तथा अभियानका बारा जिल्ला संयोजक प्रल्हाद बुढाथोकीले दोसल्लाहा ओढाई शहिद परिवारलाई सम्मान गरेका थिए ।
शहिद सम्मान कार्यक्रममा माओवादी नेता बुढाथोकीले सहिद तथा वेपत्ता परिवारको योगदानलाई राज्यले सम्मान गर्नुपर्ने बताए । शहिद र वेपत्ताको त्यागकै कारण गणतन्त्र आउन सम्भव भएको उल्लेख गर्दै नेता बुढाथोकीले जनयुद्धमा सहादत गर्ने र वेपत्ता भएका योद्धालाई शहिद घोषणा गर्नुपर्ने माग गरे ।
सहिद तथा वेपत्ता परिवारलाई आइपर्ने कुनैपनि समस्यामा पार्टी साथमा रहने उल्लेख गर्दै पार्टी राजनीतिमा समेत शहिद तथा वेपत्ता परिवारलाई उच्च महत्व दिईने धारणा व्यक्त गरे ।
नेकपा माओवादी केन्द्र कलैया उपमहानगर कमिटी अध्यक्ष मुकेश साहको अध्यक्षतामा भएको कार्यक्रममा सम्मान हुनेमा बबिता मण्डल,सुरेश राउत कुर्मी,ताज महम्मद अंसारी,राजेन्द्र मण्डल,शम्भु यादब,सैमोदिन अंसारी,बृजकिशोर राउत कुर्मी र राजकिशोर कुर्मी शहिदहरुको परिवारहरु रहेका छन् ।
जनतासँग माओवादी रुपान्तरण अभियान सञ्चालनमा जिल्लामा महत्वपुर्ण भुमिका खेलेको भन्दै स्थायी कमिटी सदस्य बुढाथोकीलाई गढीमाई मन्दिरको चित्र अंकित मायाको चिनो प्रादन गरी नगर कमिटी अध्यक्ष साहले सम्मान गरेका थिए ।

