अवैध सामान सहित पिकअप नियन्त्रणमा

साझेदारी दैनिक
371 पाठक संख्या

बारा प्रहरीले लाखौंको अवैध सामान सहित एक पिकअप भ्यान नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी एक लाख ५५ हजार छ सय रुपैयाँ बराबरको सामान बरामद गरेको जानकारी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय बाराको टोलीले परवानीपुर गाउँपालिका वडा नम्बर ५ मा बिल नभएको एक लाख १५ हजार बराबरको प्याज सहित ना ५ च १७५९ नम्बरको पिकअप भ्यान नियन्त्रणमा लिएको हो ।

यस्तै प्रहरी चौकी पथलैयाले एक यात्रुबाहक बसबाट २५ हजार बराबरको सामान बरामद गरेको छ । विल नभएको लहंगा सात थान, साडी चार पिस तथा झुल १८ थान बरामद गरेको हो ।

ना ७ ख २०३२ नम्बरको बसबाट सो सामान बरामद भएको हो । यस्तै प्रहरी चौकी पथलैयाले सिम्रौनगढबाट भन्सार छलिका दुई बोरा चिनी, दुई बोरा सरफ तथा विस्कुटका पकेटहरु गरी १५ हजार बराबरको सामान बरामद गरेको छ ।

Leave a review

This will close in 0 seconds