जन जागृति युवा क्लबको १६ औँ सधारणसभा सम्पन्न

रञ्जन यादव
रञ्जन यादव 79 पाठक संख्या
2 मिनेट पढ्न लाग्ने समय

नव जनजागृति युवा क्लबको १६ औँ वार्षिक साधारणसभा सिमरा रङ्गशालामा शुक्रवार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख पौडेलले नगरमा फुटबलको बिकास गर्न एनफासँग सहकार्य गरी अघि बढ्न उपमहानगर तयार रहेको बताउँनुभएको छ ।

नगर प्रमुख पौडेलले उपमहानगरमा फुटबल खेलाउँने होडबाजीले फुटबलको बिकास भन्दा बिकृतीले टाउँको दुखाई भएको बताउँनुभयो । बिद्यालय तहबाट नै फुटबल खेलाडी उत्पादन गर्न कार्ययोजना सहित आउँन एनफालाई अनुरोध गर्नुभयो ।

स्थानीय सरकारले प्राथमिकता दिएर बजेट छुट्याएपनि त्यसको सहि सदुपयोग र उचित व्यवस्थापन हुन नसकेको बक्ताहरुले कार्यक्रममा जोड दिएका थिए ।

नव जनजागृति युवा क्लवका अध्यक्ष रामचन्द्र लामाको अध्यक्षतामा भएको कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका प्रमुख राजन पौडेल,उपप्रमुख भोला अधिकारी,जीतपुरसिमरा नगर उद्योग वाणिज्य सँघका अध्यक्ष मोहन शर्मा,नेपाल खेलकुद पत्रकार महासँघका अध्यक्ष सुनिल गाउँले,संस्थाका सल्लाहकारहरु नारायणी रायमाझी,रेशम तिवारी,धनबहादुर श्रेष्ठ लगायतले खेल क्षेत्रलाई स्थानीय सरकारले प्राथमिकता दिएर बजेट छुट्याएपनि त्यसको सहि सदुपयोग र उचित व्यवस्थापन हुन नसकेको धारणा व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका निराजन थापाको स्वागत तथा श्याम सुवेदीको सहजीकरणमा कार्यक्रम भएको थियो । नव जनजागृती युवा क्लबले आर्थिक बर्ष २०७९।०८० मा ८५ लाख ३६ हजार १ सय १० रुपैया आम्दानी गरेको छ भने ८५ लाख ८ हजार ९ सय २२ रुपैया खर्च गरेको जनाएको छ ।

जसमा गोल्डकप तर्फको आम्दानी ७ लाख ७९ हजार २ सय ८३ रुपैया क्लबले देखाएको छ ।

रञ्जन यादव

समाचार शेयर गर्नुहोस
Leave a review