Sajhedari Daily
Latest News from Nepal

लागु औषधसहित एक भारतीयसहित दुई जना वीरगञ्जबाट पक्राउ

पर्सा प्रहरीले लागुऔषध सहित एक भारतीयसहित दुई जनालाई आईतबार वीरगञ्जबाट पक्राउ गरेको छ ।
प्रहरीले लागु औषधसहित पक्राउ पर्नेमा भारत युपी राज्य जिल्ला गोरखपुर, पोखरा गाउँ बस्ने ५५ बर्षका रमेश दास र मकवानपुर जिल्ला हेटौँडा महानगरपालिका वडा नम्बर ९ बस्ने २९ बर्षका रामकुमार देउजालाई पक्राउ गरेको हो ।

लागुऔषध नियन्त्रण ब्युरो बीरगञ्जको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ रजतजयन्ती चोकबाट चेकजाँच गर्नेक्रममा दुबै जनालाई पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरुको साथबाट प्रहरीले तरकारी हालेको बोरामा लुकाइ छिपाई ल्याएको लागुऔषध ओनेरेकस १०० एमएलको ५० बोतल र नाइट्रोभेट ३ सय ट्याव्लेट फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रबक्ता ओमप्रकाश खनालले जानकारी दिएका छन ।

लागुऔषधसहित पक्राउ परेका दुबैजनालाई प्रहरी हिरासतमा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Comments are closed.