बाराको कलैया उपमहानगरपालिका वडा नम्बर ३ गंगापुरमा आगलागि हुँदा करिब ५ लाख ५० हजारको क्षती भएको छ ।
बुधबार बिहान ३ बजे स्थानीय द्धारिका साह कानुको गोठमा आगजनी हुँदा दुईवटा गाई,एक वटा बाछो,बाख्रा र खसी ७ वटा,परालको कुटी,बिद्युतको मिटर जलेर खरानी भएको कानुले जानकारी दिएका छन् ।
आगजनी के कारणले भएको अहिलेसम्म पत्ता लाग्न सकेको छैन् ।
आगलागिको बिषयमा प्रहरीले अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ।


