लागु औषधसहित रिक्सा चालक पक्राउ

साझेदारी दैनिक
346 पाठक संख्या

पर्सा प्रहरीले लागु औषध सहित वीरगञ्जबाट एक जना रिक्सा चालकलाई पक्राउ गरेको छ ।

प्रहरीले लागु औषध सहित वीरगञ्ज महानगरपालिका–१ छपकैया निवासी बब्लुलाल कर्णलाई पक्राउ गरेको हो ।पक्राउ परेका उनी रिक्सा चालक हुन् ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाट खटिएको प्रहरीले वीरगञ्ज–८ पानीटँकीमा जाँच गरेको हो ।

कर्णको रिक्साबाट लागुऔषध बरामद गरेको थियो । रिक्साबाट झोलामा लुकाएर राखिएको अवस्थामा नुरफिन ५०० एम्पुल, फेनारगन ५०० एम्पुल र डाइजेल्याब ५०० एम्पुल गरी जम्मा १५०० एम्पुल बरामद भएको छ ।

पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी कुमार बिक्रम थापाका अनुसार पक्राउ परेका कर्णलाई लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान कार्य भईरहेकोे छ ।

Leave a review