Sajhedari Daily
Latest News from Nepal

महागढीमाईमा मेलमिलाप सम्बन्धी तीनदिने तालिम शुरु

श्रीकान्त गुप्ता/
बाराको वरियारपुरमा न्यायिक सेवामा जनसमुदायको पहुचमा अधारित मेलमिलाप सम्बन्धी तीनदिने तालिम आईतवारदेखी शुरु भएको छ।

तालिमको महागढीमाई नगरपालिकाका उपप्रमुख तारादेवी कानुले उद्घाटन गरेकी छिन ।महागढीमाई नगरपालिका वडा नम्बर २ कार्यालयमा नगरपालिकाको सहयोगमा ग्रामीण उथान अभियान संस्थाद्वारा उक्त तालिमको आयोजना गरिएको हो ।

स्थानीय तहमा न्यायिक समितिको अभावमा आम नागरिक पीडा भोग्दै आएका छ्न । मधेशी समाजमा अशिक्षाका कारण विभिन्न झगडा र बिबादको न्याय समाज नपाउदा अदालतसम्म पुगेर लाखो रुपैया खर्च गरिरहेका छ्न । त्यही समस्या समधानका लागि नगरपालिकामा न्यायिक समितिको बिस्तार गरेर कार्यकारीहरुलाई तीन दिने तालिम संचालन गरेको उपप्रमुख कानुले बताएकि छिन।

समाजमा कुनै किसिमको घटना र बिबाद बढेपछि न्याय समितिबाट सत्य तथ्यको छानविन गरि निष्पक्षरुपले जनताको न्याय दिलाउने पनि आफु प्रतिबद्ध भएको उपप्रमुख कानुले जनकारी गराएईन ।