प्रहरी द्वारा चार सय पैतालिस लिटर अवैध घरेलु मदिरा नष्ट

संदिप प्रसाद यादव
454 पाठक संख्या

बारा प्रहरीले चार सय ४५ लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

अस्थाई प्रहरी पोष्ट डुमरवाना, बाराबाट बिहिवार खटिएको प्रहरी टोलिले बाराको जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१४ स्थित रजघट्टा देखि सिमलासम्म सात स्थानमा सञ्चालन गरेको अबैध मदिरा भट्ठी नष्ट गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेका अनुसार तयारी मदिरा अन्दाजी मूल्य एक हजार पाँच सय बराबरको १५ लिटर, २५ हजार आठ सय मूल्य बराबरको कच्चा पदार्थ चार सय ३० लिटर नष्ट गरिएको हो ।

प्रहरीले सात स्थानमा सञ्चालित भट्ठी समेत नष्ट गरेको छ ।

Leave a review

This will close in 0 seconds