प्रदेश सांसद साहसंग स्पर मर्मतको लागि स्थानीयले गरे आग्रह

साझेदारी दैनिक
329 पाठक संख्या

रौतहट : रौतहटको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ०२ र ०३ मा बागमती नदीको स्पर मर्मत गर्न स्थानीय वासिन्दाले मधेश प्रदेश सासद ईन्दुकुमारी साहसंग आग्रह गरेका छन् ।

असोज १२ गते आएको बाढीले दुर्गा भगवती गाउँपालिका वडा नम्बर ०२ भलोहिया र वडा नम्बर ०३ मत्सरीका गरि तीन वटा स्परमा बढी क्षति पु¥याएको छ। केहिमा आंशिक क्षति भएको छ ।

१४ नम्बर स्पर करिव २०० मिटर पानीले बगाएको छ। जसले दुवै तर्फ खेती गर्ने कृषकहरु मारमा परेका छन्। स्पर नहुदा जान आउन समस्या भएको स्थानीय रजनिश झाले बताए। बगाएको भाग करिव २० फीट गहिरो रहेकोले तत्काल मरम्मत गराउन झाले प्रदेश सांसद साहसंग आग्रह गरेका हुन्।

स्पर तत्काल मरम्मत नहुदा बर्षायाममा झन् जोखिम बढने छ। बाढी आए पछि छेउको बस्ति नै बगाउने डर रहेकोले तत्काल मरम्मत सम्भारको लागि पहल गरि दिन वडा नम्बर ०२ का वडा अध्यक्ष सुरेश चौधरीले समेत प्रदेश सांसद साहसंग आग्रह गरेका छन्।

वडा अध्यक्ष चौधरीका अनुसार वडाको बजेटले नभ्याउने अवस्था छ। प्रदेश सरकार मार्फत तत्काल मरम्मत कार्यको लागि पहल गरिदिन प्रदेश सांसद साहलाइ आग्रह गरेको उनले जनाए। चाडै स्पर मरम्मत शुरु हुने विश्वास प्रदेश सांसद साहले दिलाएको उनले बताए।

जलश्रोत तथा सिचाई विकास डिभिजन कार्यालय रौतहटका प्रमुख भक्तलाल कर्णका अनुसार सो कार्य बागमती तथा लाल बकैया नदी नियन्त्रण कार्यालय परवानीपुरको रहेको छ। कामको प्रकृति हेर्दा तत्काल शुरु गर्नु पर्ने अबस्था रहेको उनले जनाए।

प्रदेश सांसद इन्दुकुमारी साहको गृह पालिका रहेको कारण उनको बारम्बारको दवावको कारण समेत तत्काल मरम्मत गर्नु पर्ने अवस्था रहेको उनले बताए।

बाढीले स्परमा क्षति पु-याए पछि प्रदेश सांसद साहको अनुरोधमा नेपाली कांग्रेश मधेश प्रदेश सभापति कृष्णप्रसाद यादव,मधेश प्रदेशका अर्थमंत्री सुनिल कुमार यादव तथा उर्जा सिचाई तथा खानेपानी मंत्री शेष नारायण यादव समेतले सो ठाउँ अवलोकन गरिसकेका छन्।

Leave a review

This will close in 0 seconds