कांग्रेस महासमिति बैठकमा प्रेस युनियनको संस्थागत उपस्थिति नरहने

साझेदारी दैनिक
384 पाठक संख्या

कांग्रेसको महासमिति बैठकका सन्दर्भमा नेपाल प्रेस युनियनको प्रतिनिधित्वसँग जोडिएर सार्वजनिक भएका विषयहरूमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको युनियनले जनाएको ।

नेपाल प्रेस युनियन केन्द्रिय समितिका अध्यक्ष शिव लम्सालले सोमवार एक विज्ञप्ती जारी गर्दै महासमिति बैठकमा युनियनको प्रतिनिधित्वबारे अप्रासंगिक र अनधिकृत निर्णय गरिएकोप्रति युनियनको गम्भीर आपत्ति छ ।

लोकतन्त्र,मानवअधिकार र विधिको शासनको पक्षधर हुनुको नाताले मुलुककै पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेससँग शुभेच्छुक संस्थाका रूपमा हामीले सहकार्य गरिआएकै हो, विज्ञप्तीमा उल्लेख छ ।

प्रेस युनियन र कांग्रेसबीचको शुभेच्छुक सम्बन्धलाई बिथोल्न चाहनेहरूलाई बल पुगेको छ । यसर्थ निर्वाचन समितिको अक्षमता र विधानको गलत व्याख्या गरी गरिएको निर्णयप्रति घोर भत्सर्ना जनाउँदै यथास्थितिमा नेपाली कांग्रेसको महासमिति बैठकमा नेपाल प्रेस युनियनको संस्थागत उपस्थिति नरहने अध्यक्ष लम्सालद्धारा जारी विज्ञप्तीव्मा उल्लेख छ ।

Leave a review

This will close in 0 seconds