बारा प्रहरीले लागू औषध सहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरी टोलिले विशेष सूचनाको आधारमा जिल्लाको निजगढ नगरपालिका वडा नं.१६ टांगियाबस्ती बस्ने अन्दाजी २७ वर्षीय अजय घलान भन्ने कान्छाराम तामाङ्गलाई प्रहरीले नियन्त्रणमा लिएको हो । उनको घरमा खानतालासी गर्दा लुकाई छिपाई राखेको लागु औषध सहित घलानलाई नियन्त्रणमा लिइएको हो ।
ड्रामाटोल १ हजार २ सय ५ पिस,नाईट्राभेट ७५ पिस र एन्टिकफ ६६ पिस लागु औषध प्रहरीले बरामद जनाएको छ ।
लागु औषध ट्याबलेट बरामद गरी घलानलाई समेत नियन्त्रणमा लिई लागु औषध मुद्दा दर्ता गरी बारा जिल्ला अदालत,कलैयाबाट तीन दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए ।


