काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा रु एक हजार ६०० ले र चाँदी रु ६० ले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ, काठमाडौँले आज छापावाल सुन प्रतितोला रु तीन लाख छ हजार ८०० र चाँदीको रु चार हजार ७७० कायम रहेको जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला रु तीन लाख पाँच हजार २०० र चाँदीको मूल्य रु चार हजार ७१० थियो ।


