बाराको जीतपुरमा मंगलवार एक दिने कृषि,स्वास्थ्य र शिक्षा बिषयक पालिका स्तरिय नीतिगत संबाद सम्पन्न भएको छ ।
जीतपुरसिमरा उपमहानगरपालिकाको सभा हलमा भएको कार्यक्रममा किसान अभियान र पैरवीका सवाल,मस्यौदा कृषि ऐनमा छलफल,स्वास्थ्य क्षेत्रमा नितीगत ब्यवस्था,स्वास्थ्य क्षेत्रमा पालिकाको प्रयास र भुमिका,शिक्षा क्षेत्रमा नितीगत ब्यवस्था लगायतका बिषयमा संबाद गरिएको थियो ।
राष्ट्रिय कृषक समुह महासंघको आयोजनामा भएको कार्यक्रममा कृषक प्रतिनिधि,नगरपालिकाको कर्मचारी र जनप्रतिनिधिहरुको सहभागिता रहेको थियो । संबाद कार्यक्रमको प्रमुख अतिथि जीतपुरसिमरा उपमहानगरपालिकाको नगर उप प्रमुख भोला प्रसाद अधिकारी रहनुभएको थियो ।
उनले कृषि ,स्वास्थ्य र शिक्षा बिषयक क्षेत्रमा उपमहानगरपालिका गम्भिर भएर लागेको बताए । बनाईएको ऐन,कानुनमा कहिँ कतै अहसज हुने स्थिती छ भने उपयुक्त कारण सहित आएमा नगर सभाबाट संशोधन गर्न आफुहरु तयार रहेको बताए ।

