चार कोठे विद्यालय भवनको यादवले गरे शिलान्यास

संदिप प्रसाद यादव
266 पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ मा रहेको श्री गिर्जा आधारभूत विद्यालय कवलपुरमा चार कोठे भवनको शिलान्यास एक कार्यक्रमवीच गरिएको छ ।

बारा क्षेत्र नम्बर ३ का पूर्व प्रतिनिधि सभा सदस्य रामबाबुकुमार यादवले सो भवनको शिलान्यास गरेका हुन् ।

यादवको विशेष पहलमा मधेस प्रदेश सरकारको शिक्षा मन्त्रालयले दिएको ३५ लाख रुपैयाँको लागतमा चार कोठे विद्यालय भवनको निर्माण हुने भएको हो ।

श्री गिर्जा आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्र यादवको अध्यक्षतामा सो शिलान्यास भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि बारा क्षेत्र नम्बर ३ का पुर्व प्रतिनिधि सभा सदस्य रामबाबु कुमार यादवले अथक प्रयास र मेहनतले भवन निर्माणका लागि बजेट प्राप्त भएको बताए ।

बारालाई नमूनाको रुपमा विकास गर्ने अठोटका साथ अगाडी बढेको उनले बताए । उनले शिक्षाको हब बनाउने गरी विशेष प्राथमिकतामा राखिएको बताए ।

नमूनाको रुपमा विकास गर्ने अठोटका साथ अगाडि बढेको उनले बताए । भवन निर्माण भएपछि कक्षाकोठा अभावको समस्या समाधान हुने उनको विश्वास छ ।

उक्त शिलान्यास कार्यक्रममा कलैया उपमहानगरपालिका वार्ड नम्बर २ का वार्ड अध्यक्ष राजेश महतो,विद्यालयका प्रधानाध्यापक उपेन्द्र यादव,नरेन्द्र गिरी,शिक्षा विकास ईकाई कार्यालय बाराका सब इन्जिनियर देवनारायण यादव,कमलेश मण्डल,उमेश यादव,जितेन्द्र यादव,शिक्षक–शिक्षिका,स्थानीय भद्रभलादमी,बुद्धिजीवी,शिक्षाप्रेमी तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

Leave a review

This will close in 0 seconds